छोरी जन्मिएको १ बर्ष नबित्दै दोस्रो पटक पिता बन्दै कपिल



बलिउडका सर्वाधिक चर्चित हाँस्यकलाकार हुन्, कपिल शर्मा । उनलाई कमेडी किङ्ग समेत भन्ने गरिन्छ । कपिलको कमेडी मन नपराउने दर्शक सायदै छैनन् होला । यतिबेला उनी द कपिल शर्मा शो मा व्यस्त छन् । तर कपिल शर्मा शो अब चाडैँ नै बन्द हुदैँछ ।

भारतीय मिडिया अनुसार फेब्रअरीभरि द कपिल शर्मा शो दर्शकले हेर्न पाउने छैनन् । त्यसपछि भने कपिल कपिल शर्मा शो लिएर दर्शकमाझ पुनः आउनेछन् । कपिल शर्मा शो बन्द हुनुको कारण जान्न दर्शक आतुर थिए । तर कपिल स्वयमले कपिल शर्मा शो बन्द हुनुको कारण खुलाउँदा फ्यानलाई झट्का लागेको छ ।

कपिल चाडैँ नै दोस्रो पटक पिता बन्दैछन् । उनले यस्तो समयमा आफू श्रीमतीसँग बस्न अत्यावश्यक भएकाले केहीसयमको लागि कपिल शर्मा शो बाट ब्रेक लिन लागेको बताएका छन् ।

स्मरण रहोस् कपिल १ बर्ष अघिमात्र छोरीको पिता बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्