‘माझी दाई पोखरा फेवातालको’ का गायक मिलन लामाले विपन्न परिवारको लागि निर्माण गरिदिए पक्की घर



‘माझी दाई पोखरा फेवातालको’, ‘म त हजुर गोलकोटे साइलो’ लगायतका थुप्रै हिट लोकगीत गाइसकेका चर्चित लोकगायक मिलन लामाले रत्नगर नगरपालिका-९ लालपर्सामा विपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।

गायक लामाले आर्थिक अभावका कारण झुप्रो घरमा बस्न बाध्य एकल महिला मधु कुमाललाई पक्की घर बनाएर हस्तान्तरण गरेका हुन् । घर निर्माणका क्रममा दुई तलाबाट खसेर श्रीमानको मृत्यु भएपछि मधु र उहाँका दुई छोरा लालपर्सास्थित कुमालटोलमा रहेको झुप्रोमा बस्दै आएकी थिइन् ।

मधुको अवस्था निकै दयनीय भएका कारण ६ लाख खर्च गरेर मिलनले पक्की घर निर्माण गरी उनलाई दिएका हुन् । गायक मिलनले विदेशमा रहेका साथीसँग सहयोग जुटाएर घर निर्माण गरिदिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्