
बलिउडका स्टाइलिस अभिनेताको रुपमा परिचित छन्, ऋतिक रोशन । सन् २००० मा प्रदर्शनमा आएको चलचित्र कहो ना प्यार हो बाट उनले बलिउडमा डेब्यु गरेका हुन् । उनले बलिउडमा डेब्इु गरेको २१ बर्ष भैसकेको छ । पहिलो चलचित्रबाट नै उनले दर्शकको निकै माया पाए ।
पहिलो चलचित्रबाट नै उनको डिमाण्ड चुलिदैँ गयो । यो चलचित्रपछि ऋतिक यति लोकप्रिय भए कि उनलाई झण्डै तिस हजार युवतीले विवाहको लागि प्रस्ताव राखेका थिए ।
ऋतिक स्वयमले एक अन्तवार्ता मार्फत यस कुराको खुलासा गरेका हुन् ।
त्यतिबेला फ्यानबाट पाएको माया देखेर ऋतिक आफैँ छक्क परेका थिए । आफूलाई माया गर्ने दर्शक धेरै देखेर उनलाई आफूलाई निकै खुसी लागेको पनि बताए । अहिले पनि उनको लेडिज फ्यानहरु उत्तिकै छन् ।
ऋतिक अभिनयका साथसाथै डान्सका कारण पनि चर्चामा रहने गरेका छन् । उनी बलिउडको राम्रो नाच्ने अभिनेतामा पर्छन् । तत्काल कामको कुरा गर्नुपर्दा ऋतिक चाडैँ नै नायिका दिपिका पादुकोणसँग महाभारत चलचित्रमा देखिदैँछन् । जहाँ उनले रामको भूमिका निभाउनेछन् र दिपिका उनकी सिता हुनेछिन् ।





