
अक्षय कुमारको डिमाण्ड बलिउडमा दिनप्रतिदिन बढ्दो छ । उनले खेलेका अधिकांश चलचित्र सफल हुने भएकाले निर्माताहरु निर्धक्क भएर उनीमाथि पैसा खन्याउँछन् । अक्षय आफ्नो कामको लागि निकै नै मेहेनत गर्छन् र सोही अनुसार पैसा पनि लिन्छन् । अहिले उनी बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता बनेका छन् ।
सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता अक्षयको नाम फोब्रसको २०२० को सूचीमा समेत पर्न सफल भएको छ । भारतीय मिडिया अनुसार अक्षयले पहिले एउटा चलचित्रबाट १२० करोड लिने गर्थे । अहिले भने उनले आफ्नो पारिश्रमिक बढाएका छन् ।
अहिले अक्षयले एउटा चलचित्रबाट १३५ करोड लिने गरेका छन् । यतिधेरै पारिश्रमिक बलिउडमा अहिलेसम्म कुनैपनि अभिनेताले पाएको रेकर्ड छैन ।





