“सहिदहरुको बलिदान बाट नै स्थापित नाम हो चिङ्गाड गाउँपालिका” : खगेन्द्र हमाल



खगेन्द्र हमाल सुर्खेत, (सम्पुर्ण सहिदहरु प्रती उच्च सम्मान) सहिद दिवसका अवसरमा तत्कालीन राज्यपक्ष र बिद्रोहपक्षबाट मारिएका चिङ्गाडका सम्पुर्ण सहिदहरुप्रती हार्दिक सम्मान व्यक्त गर्दछु । चिङ्गाडबासी जनता र सहिदहरुको बलिदान बाट नै स्थापित नाम हो चिङ्गाड गाउँपालिका । यो परिवर्तनका निम्ति सहयोग गर्ने सम्पुर्ण चिङ्गाडबासीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

जनताको बलिदानबाट प्राप्त भएको लोकतान्त्रिक व्यवस्था ल्याउनमा चिङ्गाड गाउँपालिकाबाट उहाँहरुको महत्त्वपूर्ण योगदान रहेको थियोे । उहाँहरुको योगदानले नै आज आम चिङ्गाड बासिले आफ्नो स्वतन्त्र सार्बभौमसत्ता सम्पन्न अधिकार प्राप्त गरेका छन । उहाँहरुको यो महान योगदानलाई आम चिङ्गाडबासी जनता र इतिहासले सधै स्मरण गर्दै उच्च सम्मान गर्ने छ ।

सुर्खेत जिल्लाको स्थानीय तह चिङ्गाड गाउँपालिकामा तत्कालीन राज्यद्धारा २२ जना र माओवादी तर्फबाट १ जना मारिएका थिए । वडा न १ बाट ७ जना र वडा न २ बाट १ जना, वडा न ३ बाट २ जना, वडा न.४ बाट १ जना, वडा न ५ बाट ७ जना, वडा न ६ बाट ४ जना गरेर जम्मा २२ जनालाई राज्यद्धारा मारिएको थियो ।

चिङ्गाड गाउँपालिका वडा न.१ का चित्र बहादुर वलिलाई मिति २०५५/७/१३ गतेका दिन तत्कालीन राज्यतर्फबाट रामघाटमा मारिएको थियो । यसैगरी राज्यतर्फबाट मारिएका वडा न.१ का श्याम प्रसाद वलि २०५८/८/१२ गते सल्यानमा, पुर्ण बहादुर वलि २०६०/१/७ गते बेनि म्याग्दीमा, खमान सिंह पुनमगर २०५९/१/९ गते सुर्खेत जिल्लाको मेहलकुनामा, चित्रा वलि २०६१/३र८ गते तेह्रथुममा, कर्ण बहादुर सुनार र जीवन सुनारको २०५८/११/२७ गते सुर्खेत जिल्ला दशरथपुरमा मारिएका थिए । चिङ्गाड गाउँपालिका वडा न १ बाट ७ जना मारिएका थिए ।

वडा न.२ रानिबासका दुर्गा बहादुर रोकायलाई २०६१/९/९ गते कैलालीमा राज्यपक्षद्धारा मारिएको थियो । वडा न.२ रानिबासबाट एक जना सहिद भएका थिए ।

वडा न. ३ निवासी भुषण जिसिलाई मिति २०६०/५/१० गते दशरथपुर सुर्खेत, र चन्द्र बहादुर जिसिलाई २०५९/५/२३ गते अर्घाखाँचीमा तत्कालीन राज्यपक्षद्वारा मारिएको थियोे । यसैगरी वडा नम्बर ३ बाट दुईजना सहिद भएका थिए । वडा न.४ का बिर्खे राना २०६२/९/२८ गते स्याङ्जामा मृत्यु भएको थियो । वडा न.४ बाट एकजना सहिद भएका थिए ।

वडा न.५ निवासी डम्मर बहादुर गैरेलाई मिति २०६०/७/२८ गते छिन्चुमा र चन्द्र बहादुर रानालाई राज्यद्वारा २०५९/९/१२ गते घरमा आएर गोलि हानी मारिएको थियो । यसैगरी बिष्णु महतरा(राना) र प्रेम रानालाई २०६२र९र२९ गते स्याङ्जा मनकामना,भुवनसरी राना २०६१/१०/२५ अवलचिङ्ग स्कुलमा,प्रकाश जिसि २०५८/११/२६ चिङ्गाडको तामाखानिमा तत्कालीन राज्यद्वारा मारिएको थियो । वडा न ५ मा ७ जनाको मृत्यु भएको थियो ।

वडा न.६ निवासी कर्ण बहादुर रानालाई २०५८/११/१० गते सुर्खेत पश्चिम बाबियाचौरमा मारिएको थियो । सोही वडाका वीर बहादुर सार्किलाई २०५९/५/२ गते पाम्कमा, जगत बहादुर चुनारालाई २०५८/११/३ गते सुर्खेतको साटाखानिमा र नर बहादुर पुन मगरलाई २०६०/५ /१० गते दशरथपुरमा राज्यपक्षद्वारा मारिएको थियोे । वडा नम्बर ६ मा ४ जनाको मृत्यु भएको थियो भने तत्कालीन बिद्रोहि नेकपा माओवादीद्धारा चिङ्गाड गाउँपालिकामा १ जना मारिएको थियो । २०५७/१२/२४ गते वडा न.६ निवासी गगन रानालाई दैलेखको नौमुलेमा मारिएको थियोे । उनी नेपाल प्रहरीमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्