
प्रियंका कान्स फिल्म फेस्टिबलमा हरेक बर्ष सहभागी हुने गरेकी छिन् । हरेक बर्ष कान्स फिल्म फेस्टिबलमा प्रियंकाको लुक्सले चर्चा पाउने गरेको हुन्छ । सन् २०१९ मा प्रियंकाले कान्सको रेड कार्पेटमा लगाएको कपडाले निकै चर्चा पाएको थियो । उनको ड्रेअसपसँगै मेकअप पनि खुलेको थियो ।
प्रियंकाले यस ड्रेसबारे केही खुलासा गरेकी छिन् । वास्तवमा प्रियंकाले जुन ड्रेस लगाएकी थिइन्, त्यसको चेन अन्तिम अवस्थामा टुटेको थियो ।
प्रियंकाले रेड कार्पेटमा हिँड्नका लागि रोबर्टो कावेलीको डिजाइनर ड्रेस लगाएकी थिइन् । उनको ड्रेसको चेन फुस्किएपछि उनको टिमले बाटोमा नै प्रियंकाको ड्रेसलाई सियो धागोले सिलाएका थिए । यो कामका लागि टिमसँग ५ मिनेटको समय थियो । यो टिमका कारण प्रियंका वार्डरोब मालफंक्सनको शिकार हुनबाट बचिन् ।
प्रियंकाले इन्ष्टाग्राममा उक्त ड्रेस लगाएको तस्बिर सेयर गर्दै यो कुराको खुलासा गरेकी हुन् ।





