
दुर्गेश थापा दर्शकमाझ निकै लोकप्रिय गायक तथा मोडल हुन् । उनी ट्यालेन्टेट कलाकार हुन् । उनी गीत आफै लेख्ने, गाउने र मोडलिङ पनि गर्ने गर्छन् ।
अहिले उनी सामाजिक सञ्जालमा चर्चामा छन् । उनी केहीदिन अघिमात्र पिता बनेका छन् । उनलाई अहिले बधाई दिनेको ओइरो नै लागेको छ । आज उनै दुर्गेश थापाको जन्मदिन रहेको छ । आज दुर्गेशको जन्मदिन परेकाले उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ ।
हाम्रो तर्फबाट पनि दुर्गेशलाई जन्मदिनको धेरै धेरै शुभकामना ।





