जब रोमान्टिक सिन दिन गाह्रो भएपछि शाहरुखले काजोललाई चिमोटे…



बलिउडमा सर्वाधिक रुचाइएका स्क्रिन कपल हुन, शाहरुख खान र काजोल । यी दुईले एकसाथ थुप्रै चलचित्रमा काम गरिसकेका छन् । यी दुईको केमेष्ट्रिलाई दर्शकले एकदमै रुचाउने गरेका छन् ।

आजपनि बलिउडमा यो जोडीलाई रिप्लेस गर्ने अरु कुनै जोडी नभएको बताइन्छ । स्क्रिनको सर्वाधिक चर्चित कपल रियल लाइफमा एकअर्काको असाध्यै मिल्ने साथी हुन् । शाहरुख र काजोलको जोडीलाई दर्शकले विशेष सन् १९९३ मा प्रदर्शनमा आएको चलचित्र बाजीगर बाट रुचाएका थिए ।

यो चलचित्रसँगको रमाइलो किस्सा शाहरुखले सेयर गरेका छन् । चलचित्रमा शाहरुख र काजोलले रोमान्टिक सिन दिनुपर्ने थियो । शाहरुखले बताए अनुसार चलचित्रको टाइटल गीतमा यी दुईले रोमान्टिक खालको एक्सप्रेसन दिनुपर्ने थियो । तर दुवैले निकै अप्ठ्यारो मानिरहेका थिए ।

विशेष काजोलले सिन दिन सकिरहेकी थिइनन् । उनको एक्सप्रेसन नक्कली रहेको स्पष्ट देखिन्थ्यो । त्यसपछि काजोलबाट रियल एक्सप्रेसन निकाल्न शाहरुखले कोरियोग्राफर सरोज खानको मदत लिएर काजोललाई चिमोटे र काजोलले उक्त सिन निकै राम्रोसँग दिइन् ।

अहिले यो पल सम्झदाँ आफूलाई निकै रमाइलो लाग्ने शाहरुख बताउँछन् । बाजीगर पछि नै शाहरुख र काजोलको डिमाण्ड ह्वात्तै बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्