कपिल आफैँले गरे ‘कपिल शर्मा शो’ बन्द हुन लाग्नुको खुलासा, फ्यानले गर्न सकेनन् विश्वास…



भारतीय टेलिभिजनको सर्वाधिक लोकप्रिय शो द कपिल शर्मा बन्द हुने खबरले केहीदिन देखि सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ । यो खबरले कपिलका फ्यानहरु भने निकै नै दुखी भएका छन् । कपिल शर्मा शो बन्द हुन लाग्नुको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको थिएन । तर कपिल स्वयले यसबारे खुलासा हालैमात्र गरेका छन् ।

कपिल दोस्रो पटक पिता बन्ने भएका छन् । ट्वीटरमार्फत कपिलले नै यसबारे खुलासा गरेका हुन् । उनले आफू दोस्रो पटक पिता बन्न लागेकाले यस्तो अवस्थामा आफू श्रीमतीसँग हुन जरुरी रहको बताए । कपिलले कपिल शर्मा शो केही समयको लागि मात्र अफ एयर हुन लागेको बताएका छन् । केहीसमय पछि फेरि अझ राम्रो तरिकाले दर्शकमाझ कपिल शर्मा शो लिएर आउने पनि कपिलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्