वरिष्ठ कला निर्देशक भट्टराई अस्पताल भर्ना



काठमाडौं । नेपाली फिल्मका वरिष्ठ कला निर्देशक उद्धवराज भट्टराई ‘जुङ्गे’ अस्पताल भर्ना भएका छन् । दमको रोगको समस्याका कारण उनी केही दिन अगाडि वीर अस्पतालमा भर्ना भएका कलाकार निर्मल शर्मा ‘गैडा’ले जानकारी दिए ।

दम रोगका लागि अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका भट्टराइको मुटु, फोक्सो तथा मृगौलामा समेत समस्या देखिएको छ ।

‘जुङ्गे’ भट्टराइको नामबाट फिल्म क्षेत्रमा चर्चित उनी कला निर्देशकको अलवा भेषभुषा समेत हेर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्