परदेशीन लागेका आफ्ना श्रीमानलाई सम्झाउँदै यसो भनिन्…..(हरेक परदेशीले सुन्नै पर्ने दोहोरी )



काठमाडौं । पछिल्लो समय हामीले धेरै विधाका लाइभ दोहोरीहरु सुन्न सक्छौं । दोहोरीको क्रेज पनि बढ्दो छ । धेरै जसो ठट्यौली, छाडा शब्दहरु प्रयोग गरेर गाउने प्रचलन पनि बढ्दो छ । तर यर्थात घटनामा आधारित, मौलिक, सामाजिक कुरा र विदेशीयका दाजु भाइहरुको भोगाइमा आधारित दोहोरीहरु कमै मात्र सुन्न सकिन्छ ।

समयको माग भनौं अथवा दर्शकको चाहना यस्तै ठट्यौली र मौलिकपन नभएका लाइभ दोहोरीहरुमा नै बढी भ्युजहरु गएको देख्न सकिन्छ । हामीले शुरु गरेको परिर्वतन दोहोरीमा सकेसम्म सामाजिक कुरालाई विषयबस्तु बनाएर देखाउने प्रयास गरेका छौं । आजको एपिसोडमा पनि आदरणीय दाई अमर रोका मगर र नव गायिका सम्झना सिवाकोटीले गरिबीले घर ब्यवहार धान्न नसकिने परदेशीन लागेको श्रीमानलाई नजानुस् भन्दै भक्कानिदै सम्झाएको सन्दर्भ जोडेर दोहोरी गाएका छन् ।

बास्तवमा नै यो नेपाली समाजमा धेरै जसो हुने गरेको कथा बस्तु हो । हामीले प्रसारण गरेको लाइभदोहोरीहरु हजुरहरुलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला । हजुरहरुको प्रतिक्रियाले हामीले सुध्रार्ने मौका पाउने छौं । साथै हाम्रो च्यानललाई लाइक सब्सक्राइब र शेयर गर्न नभुल्नुहोला ।

प्रतिक्रिया दिनुहोस्