हलिउड फिल्ममा बलिउड स्टार ज्याकलिनसँग काम गर्दै ट्रान्सजेन्डर मोडल अन्जली लामा



नेपाल चर्चित मोडल हुन् ट्रान्सजेन्डर अन्जली लामा । अन्जलीले अब नेपालमा मात्र नभएर हलिउडमा समेत आफ्नो स्थान बनाउने मौका पाउने भएकी छिन् । प्राप्त जानकारी अनुसार अन्जली हलिउड चलचित्रमा अभिनय गर्ने तयारीमा छिन् । उनले सेयरङ ए राइड नामक चलचित्रमा काम गर्न लागेको बताइएको छ ।

अन्जलीले यो चलचित्रमा बलिउडकी सर्वाधिक चर्चित नायिका ज्याकलिन फर्नान्डेजसँग काम गर्दैछिन् । यो चलचित्रलाई लिना यादवले निर्देशन गर्ने बताइएको छ ।

डेडलाइनका अनुसार, यो एक एन्थोलजी चलचित्र हो । जसको नाम ‘वुमेन्स स्टोरिज’ राखिएको छ । यो चलचित्रलाई विभिन्न ४ भागमा विभाजित गरेर निर्माण गरिनेछ ।

जसमा कारा डेलेविन्ज, इवा लोन्गारिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ । लर्वोलिनो इन्टरटेन्मेन्टको सह–निर्माण तथा वि डू इज टूगेदरको निर्माणमा बन्न लागेको यो चलचित्रले महिलाको फरक–फरक जीवनको कथालाई प्रस्तुत गर्नेछ ।

चलचित्रको छायांकन भारत र अमेरिकामा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्