ट्वीटरमा कगंनाले लेखिन्- ‘जुन फिल्ममा मेरो हड्डी भाँचियो, उसले रकर्ड समेत तोड्यो’



बलिउडकी सर्वाधिक सफल अभिनेत्री हुन्, कगंना रनावत । उनले छोटो समयमा नै बलिउडमा थुप्रै सफल चलचित्र दिइन् । करिब २ बर्ष अघि कगंनाको मणिकर्णिकाः द क्वीन अफ झाँसी रिलिज भएको थियो । उक्त चलचित्रलाई कगंना स्वयमले निर्देशन गरेकी थिइन् । यो चलचित्र रिलिज भएको २ बर्ष पुगेको अवसरमा कगंनाले एक ट्वीट गरेकी छिन् ।

उनले ट्वीटसँगै तस्बिर पनि सेयर गरेकी छिन् । एक तस्बिरमा कगंनाको खुट्टामा प्लास्टर लगाइएको र उनी ह्वील चेयरमा देखिएकी छिन् भने दोस्रो तस्बिरमा उनको निधारमा चोटको निशान देख्न सकिन्छ ।

उनले ट्वीटमा लेखेकी छन् ‘जिस फिल्ममा मेरो हट्डी भाँचियो, त्यही फिल्मले कयौं रेकर्ड समेत तोड्यो ।’ यो जापानमा समेत भारतको सबैभन्दा सफल फिल्म सावित भएको उनको ट्वीटमा उल्लेख छ । कंगनाले एक भिडियो समेत शेयर गरेकी छन् । जुन भिडियोमा अमिताभ बच्चनको आवाजमा मर्णिकर्णिकाको कथा प्रस्तुत गरिएको छ । भिडियोमा अंकिता लोखन्डे, सुरेश ओबरोय, जीशु सेनगुप्ता, अतुल कुलकर्णी सहित अन्य फिल्मका सबै स्टार छन् ।

प्रतिक्रिया दिनुहोस्