वैदेशिक रोजगारमा गएका तीन महिलासहित २५ जना कोमामा दुई बर्षदेखि फर्काउन पहल



वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका ती महिलासहित २५ जना कोमामा विदेशमै छन् । सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई बर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा कोमामा उपचाररत नेपालीलाई स्वेदश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय गरेको थियो । तर, निर्णय कार्यान्वयन गर्न समस्या परेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कतारमा ९, साउदीमा ५, कुवेत र बहरायनमा ४ र ४ र ओमान, युएई, जापानमा १ र १ जना कामदार कोमामा छन् ।

बोर्डका उपसचिव दीनबन्धु सुवेदीले कार्यस्थलमा दुर्घटनामा परी कोमामा पुग्ने गरेको बताए। त्यस्ता नेपाली फर्काउन गृहकार्य भए पनि प्राविधिक कारणले समस्या भएको उपसचिव सुवेदीको भनाइ छ।

औसत दैनिक १ हजार ५ सय नेपाली वैदेशिक रोजगारीमा जान्छन्। कोरोना भाइरस महामारीले केही प्रभावित भए पनि जाने क्रम रोकिएको छैन। तर, धन कमाएर सुखसयलमा जीवन बिताउने सपना साँचेर बिदेसिने नेपालीमध्ये दैनिक तीन जना शव बनेर बाकसमा फर्किन्छन्। कतिपय अंगभंग भएर वैदेशिक रोजगारीको खोट लिएर आउँछन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्