सरकारको स्वीकृतिबिनै नेपाली युवा कतार प्रहरीमा भर्ना



नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ । कुनैपनि मुलुकले अर्को मुलकका नागरिकलाई आफ्नो सुरक्षा निकायमा भर्ना गरेको छ । कुनैपनि मुलुकले अर्को मुलुकका नागरिकलाई आफ्नो सुरक्षा निकायमा भर्ना गर्दा सम्झौता हुनुपर्ने सर्वव्यापी मान्यता हो । कतारसँग नेपालको श्रम सम्झौता भए पनि नेपाली युवालाई सुरक्षा निकायमा भर्ना गर्ने किसिमको कुनै सम्झौता भएको छैन ।

अहिलेसम्म नेपालले मलेसिया, सिगांपुर र भारतसँग मात्र नेपाली युवालाई सुरक्षा निकायमा भर्ना हुन दिनेगरी सहमति दिएको छ । नेपाल र यी तीन मुलुकबीच यसबारे सम्झौता पनि भएका छन् । तर कतारसँग अहिलेसम्म यस्तो कुनै सम्झौता भएको छैन ।

कतारले नेपाली युवालाई प्रहरीमा भर्ना गर्न चाहेपछि नेपालले यसबारेमा चासो देखाइसकेको छ। कतारस्थित नेपाली राजदूतावासले नेपाली युवालाई कतार प्रहरीमा भर्ना गर्ने हो भने दुई देशका सरकारी निकायबीच सहमति र निर्णय भई संस्थागत रूपमा काम सुरु गर्नुपर्ने धारणा कतार सरकारसमक्ष राखेको छ। तर कतारले वास्ता नगरी अवैध रूपमा नेपाली युवालाई प्रहरीमा भर्ना गरिरहेको छ। नेपालका केही मेनपावर कम्पनी र व्यक्तिहरूले कतारलाई सहयोग गरिरहेका छन्।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्