वरुणको विवाहपछि करण जोहरले लेखे यति मनछुने स्टाटस, सबै भए भावुक…



बलिउडका सर्वाधिक चर्चित अभिनेता वरुण धवनले प्रेमिका नताशा दलालसँग निकै धुमधामसँग विवाह गरे । उनले विवाह लगत्तै सामाजिक सञ्जालमा तस्बिर सेयर गरेका छन् । उनलाई बधाई दिनेको बाढी नै आएको छ । यसैबिच करण जोहर, जो वरुणलाई आफ्नो छोरा जस्तै मान्छन्, उनले वरुणको लागि सामाजिक सञ्जालमा निकै भावुक स्टाटस लेखेका छन् ।

करणले वरुणसँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘जतिजति म पोस्ट लेखिरहेको छु । म त्यति नै मिश्रित भावना र यादले ओतप्रोत हुँदैछु । मलाई अहिले पनि याद छ कि गोवामा यो बच्चासँग मेरो भेटघाट, लामो कपाल, आँखामा ठूला सपना र स्वैग जुन बाहिर आउनका लागि तड्पिरहेको थियो । केही वर्षपछि उनी मेरो फिल्म माई नेम इज खानका लागि असिस्टेन्ट थिए । मैले चुपचाप उसको इमान्दारी देखेँ र मानिसहरुलाई हँसाउने क्षमता ।’

‘जब पहिलो पटक उसले मेरो लागि क्यामरा सामना गर्यो तब मभित्र आफसे आफ उसका लागि एक सुरक्षाको भावना पलायो र प्रेम बर्सियो…एक अभिभावक जस्तै । यस्तै महसुस आज मलाई पुनः भयो जब मैले उसलाई उसको प्रेमसँग अग्नीसँग फेरा लिएको देखेँ । मेरो केटो हुर्कियो र जीवनको यो सुन्दर चरणका लागि तयार छ । बधाई छ मेरा प्यारा नताशा र वरुण ! मेरो आशीर्वाद र प्रेम सधैं रहनेछ… लभ यू ।’

करणको पोष्टमा धेरै बलिउड सेलिब्रेटिले आफ्नो प्रतिक्रिया जनाइरहेका छन् । वरुणका फ्यानले पनि करणको यो पोष्टले निकै नै मन छोएको प्रतिक्रिया दिइरहेका छन् । स्मरण रहोस् वरुणलाई बलिउडमा डेब्यु करणले नै गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्