‘प्रकाश’ मा प्रदिपको जोडीको रुपमा देखिदैँ यी नव–नायिका…



केहीसमय अघि अभिनेता प्रदिप खड्काको आगामी चलचित्र प्रकाश को कलाकार छनौटको लागि राजधानीमा अडिसन राखिएको थियो । अडिसनमार्फत प्रदिपको नायिकाको रुपमा रेनु योगी छानिएकी छिन् ।

धनगढीकी रेनु थिएटर आर्टिस्ट हुन् । उनले थुप्रै नाटकहरु, सर्ट मुभि र डकुमेन्ट्रीमा काम गरिसकेकी छिन् । रेनुलाई अनुप बरालले चलचित्रको नायिकाको रुपमा छनौट गरेको बताइएको छ ।

चलचित्रको लागि अन्य कलाकार भने छनौट हुन बाकिँ नै छ । जुम्लामा छायांकन गरिने फिल्मको ४५ दिनको सुटिङ सेड्युल राखिएको छ । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् । फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । फिल्ममा प्रदीप खड्काले पहिलो पटक गाउँले यूवकको भूमिका निर्वाह गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्