सलमानकी नयाँ प्रेमिका प्रज्ञा !



केहीदिनदेखि सलमान खान र आयुष शर्माको फिल्म द फाइनल ट्रूथ ले निकै चर्चा पाइरहेको छ । केही दिन अगाडीमात्र यस चलचित्रको टिजर रिलिज भएको थियो । टिजरमा देखाए अनुसार चलचित्रमा सलमान सिख पुलिस अधिकारीको भूमिकामा देखिदैँछन् ।

चलचित्रमा साउथकी अभिनेत्री प्रज्ञा जायसवालले सलमानसँग रोमान्स गर्दैछिन् । चलचित्रको सुटिङपछि पनि एकपटक सलमान र प्रज्ञा एकसाथ देखिएका छन् । प्रज्ञा बलिउडको लागि नयाँ हुन् । तर साउथमा उनको राम्रो नाम छ । उनले सन् २०१४ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्