महंगो रकममा सोनाक्षीले किनिन् नयाँ घर, भनिन्– ‘मेरो सानैदेखिको सपना पुरा भयो’



बलिउडका अधिकांश कलाकारहरु आफू स्थापित भैसकेपछि छुट्टै घरमा बस्न रुचाउँछन् । आफ्नो कमाइले घर किनेर परिवारबाट छुट्टीएर बस्ने कलाकार थुप्रै छन् । यसैबिच नायिका सोनाक्षी सिन्हाले पनि मुम्बईको बान्द्रा इलाकामा ४ बीएचके घर किनेकी छिन् ।

घर किनेपछि सोनाक्षीले आफ्नो ठूलो सपना पुरा भएको बताएकी छिन् । एक भारतीय म्यागेजिनसँग कुरा गर्दै सोनाक्षीले भनिन्,–‘जब मैले बलिउडमा काम गर्न सुरु गरेँ, मेरो सपना थियो कि म आफ्नै कमाइले एउटा घर किन्न सकुँ । ३० बर्षको उमेर नपुग्दै घर किन्ने चाहना मेरो थियो । तर, मैले ३० बर्षमै त घर किन्न सकिनँ, तर आज आएर सपना भने पुरा गरेकी छु ।’

गतबर्षको नोभेम्बर महिनामा घर किनेर सोनाक्षीले डिजाइन समेत गरिसकेकी छिन् ।

उनी तत्काल नयाँ घरमा सर्ने योजनामा छैनन् । अलि पछि मात्र उनी आफ्नो नयाँ घरमा सर्नेछिन् । अहिले उनी आमाबुबासँगै नै छिन् ।

प्रतिक्रिया दिनुहोस्