वरुण धवन र नताशा दलालले हिजो निकै धुमधामसँग बिहे गरे । वरण र नताशाको विवाहको लागि निकै नै मिडियाकर्मी आएका थिए । यस्तोमा वरुण र नताशा मिडियाबाट भाग्ने कुरै भएन । विवाह सकिने बित्तिकै वरुण र नताशाले फोटो खिच्नको लागि घेरिहाले ।
वरुण निकै रमाइलो गर्न रुचाउने अभिनेता हुन् । यहाँ पनि उनले ठट्टा गर्न भ्याइहाले । वरुण र नताशाले फोटो खिचाउने क्रममा केही फोटोग्राफरले नताशालाई क्यामेरातिर हेर्न भने, कति बधाई दिदैँ चिच्याउन थाले । यस्तोमा वरुण सबैलाई शान्त पार्न थाले । वरुणले भने, ‘आरामले आरामले…डराउलिन् बिचरी’…यो कुरा सुनेर नताशा निकै हाँसिन् ।