
यो दाजुको मिर्मिरे आखाँ, यो गीत नसुन्ने सायदै कोही छन् । नेपाली सांगितीक जगतको सदावहार गीत हो यो । यति मिठो गीत सिर्जना गर्ने सर्जक गायक धनबहादुर गन्धर्व को अकस्मात निधन भएको छ । धनबहादुरको निधनले संगीत क्षेत्रमा ठूलो क्षति पुगेको छ । धनबहादुरको आज बिहान पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएकोह ो ।
५९ बर्षीय धनबहादुर सुगर र उक्त रक्तचापको बिरामी थिए । स्वास्थ्य धेरै खराब भएपछि शनिबार उनलाई अस्पताल भर्ना गरिएको थियो । आज बिहान ९ बजे उनले संसार छोडे । स्मरण रहोस् धनबहादुर गायकसँगै कुशल बाद्यवाधक पनि हुन् ।
सर्जक तथा वाद्यवादक धनबहादुरको निधनले लोक सांगीतिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले बताए । लोक सांगीतिक क्षेत्रका थुप्रै कलाकारहरुले उनको निधनमा दुःख ब्यक्त गरेका छन् ।





