बन्द हुदैँ ‘द कपिल शर्मा शो’, यस्तो छ कारण…



द कपिल शर्मा शो भारतको सर्वाधिक लोकप्रिय टिभी शो हो । द कपिल शर्मा शो लाई मन नपराउने दर्शक सायदै छन् । कपिल शर्माले द कपिल शर्मा शो बाट अत्याधिक फ्यान कमाएका छन् । दर्शकले कपिल शर्मा शो मा कपिलसँगै अन्य कलाकारको कमेडीलाई रुचाउने गरेका छन् । तर अब दर्शकले कपिल शर्मा शो हेर्न नपाउने हल्ला चलिरहेको छ ।

भारतीय मिडियाले बताए अनुसार कपिल शर्मा शो अब चाडैँ नै बन्द हुदैँछ । केही समयपछि निर्माताले द कपिल शर्मा शो लाई नयाँ सिजनमार्फत ल्याउने तयारी गरिरहेको बताइएको छ । कपिल शर्मा शो एकदम नयाँ अन्दाजमा केही समयपछि दर्शकमाझ ल्याउने सोचले नै अहिले बन्द गर्न लागिएको बताइएको छ । यद्यपि यसबारे कपिल शर्मा शो को टिमले भने कुनैपनि आधिकारीक जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्