विवाहमा यस्ता देखिए वरुण र नताशा, सामाजिक सञ्जालमा भाइरल बन्दै तस्बिर…



बलिउड अभिनेता वरुण धवनले हिजो प्रेमिका नताशा दलालसँग निकै धुमधामसँग विवाह गरेका छन् । कोरोनाको महामारीको कारण उनको विवाहमा धेरैजनालाई आमन्त्रण भने गरिएको थियो । परिवारका सदस्य र थोरै साथीभाई मात्र उपस्थित थिए । वरुण र नताशाले अब केही समयपछि बलिउडकर्मीको लागि मुम्बईमा भव्य रिसेप्सन पार्टीको आयोजना गर्ने बताएका छन् ।

वरुणले सामाजिक सञ्जालमा आफ्नो विवाहको तस्बिर सेयर गरेका छन् । तस्बिर सेयर गरे लगत्तै उनलाई सामाजिक सञ्जालमा बधाई दिनेको बाढी नै आएको छ । विवाहमा नताशा र वरुण निकै नै राम्रो देखिएका छन् । नताशा एक फेसन डिजाइनर हुन् । उनले वरुणलाई चिनेको लामो समय भैसकेको छ । यी दुई लामो समयदेखि एकअर्काको प्रेममा छन् ।

प्रतिक्रिया दिनुहोस्