चर्चित मोडल तथा गायक दुर्गेश थापालाई पुत्र लाभ, बधाई दिनेको ओइरो



दुर्गेश थापा पछिल्लो समयका बहुचर्चित गायक तथा मोडल हुन् । उनै दुर्गेशले आफ्ना फ्यानलाई गज्जबको सरप्राइज दिएका छन् । दुर्गेशको घरमा नयाँ सदस्यको आगमन भएको छ । दुर्गेशलाई पुत्र लाभ भएको छ ।

ऋषि धमलाकी पत्नी तथा मोडल एलिजा गौतमले सामाजिक सञ्जाल मार्फत यस कुराको जानकारी दिएकी हुन् । उनले दुर्गेशसँगै उनको छोराको फोटो पोष्ट गर्दै उनलाई शुभकामना दिएकी हुन् । त्यसका साथै फ्यानले पनि दुर्गेशलाई शुभकामना दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्