यी विश्वकी सबैभन्दा राम्री १९ बर्षीय युवती ३६ बर्षका अरबपति विजनेशम्यानसँग प्रेममा…



विश्वकी सबैभन्दा सुन्दर युवतीको सूचीमा पहिलो स्थानमा पर्न सफल भएकी १९ बर्षकी येल शेल्बियाको सुन्दरता देखेर लठ्ठै हुनेहरुको कमी छैन । उनी १९ बर्षकी मात्र भइन् तर उनले यति सानो उमेरमा नै निकै राम्रो फयान फलोइङ कमाउन सफल भएकी छिन् ।

उनलाई इन्ष्टामा मात्र १ मिलियन भन्दा बढीले फलो गरेका छन् । उनले निकै नै आरामदायी जीवन बिताइरहेकी छिन् । उनले चाहेको हरेक कुराहरु आरामले हासिल गर्न सक्छन् ।

जो मान्छे चर्चित हुन्छ, त्यो मान्छे बेला बेलामा आलोचनामा आउनु सामान्य नै हो । येल पनि अहिले आफ्नो प्रेम सम्बन्धका कारण चर्चा र आलोचनामा आएकी छिन् । येलले अहिले ३६ वर्षका अर्बपति ब्रण्डन कोर्फसँग डेट गरिरहेकी छिन् । ब्रेण्डन अमेरिकाका अर्बपति व्यवसायी सम्नर रेडस्टोनका नाति हुन् ।

येललाई कत्तिले आफूभन्दा निकै उमेर अन्तर भएको व्यक्तिसँग प्रेममा रहेको भन्दै धेरैले ट्रोल गरिरहेका छन् । त्यसका साथै आफ्नो लुकका कारण पनि उनलाई गाली आइरहेको छ । यो बर्ष उनी विश्वको सबैभन्दा सुन्दर महिलाको सुचीमा पहिलो स्थानमा पर्दा धेरैलाई सायद चित्त बुझेको थिएन । त्यसैले नै उनलाई ट्रोल गरियो ।

प्रतिक्रिया दिनुहोस्