आज प्रेमिका नताशासँग बिहे गर्दै वरुण



वरुण धवन बलिउडका सफल अभिनेता हुन् । उनै वरुण आज प्रेमिका नताशा दलालसँग वैवाहिक बन्धनमा बाधिदैँ छन् । नतशा र वरुण धेरै बर्षदेखि एकअर्काको प्रेममा छन् । उनीहरुलाई धेरै कार्यक्रममा एकसाथ देख्न सकिन्छ ।

वरुणले २०२० मा नै बिहे गर्ने चर्चा थियो । तर कोरोनाको महामारीको कारण दुईको बिहे सरेको हो । वरुण र नताशाले अलिबागमा बिहे गर्दैछन् । उनीहरुले बिहे गर्न लागेको भवन निकै नै आलिशान र महंगो भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्