थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु



पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८६ जनाले कोरोना जितेसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको छ । अब नेपालमा मात्र ५ हजार ४ सय ४६ सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बितेको २४ घण्टामा ८ जनाले कोरोनाका कारण ज्यान गुमाएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्