प्रकाश सपूतको डेब्यु चलचित्र परदेशी २ अर्को बर्षको दशैँमा प्रदर्शनमा आउने



चर्चित गायक तथा निर्देशक नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको चलचित्र परदेशी २ अर्को बर्षको दशैँमा रिलिज हुने पक्का भैसकेको थियो । चलचित्रलाई यस बर्षको दशैँमा दर्शकमाझ ल्याउने तयारी निर्माण टिमको थियो । तर कोरोनाको महामारीको कारण भएकाले लकडाउनले लामो समयसम्म चलचित्रको छायांकन रोकियो र यसबर्षको दशैँमा चलचित्र रिलिज गर्ने माहोल पनि बनेन ।

लकडाउन अघि परदेशी २ को लगभग ५० प्रतिशत छायांकन सकिएको थियो । लकडाउन सकिएपछि चलचित्रको बाँकी छायांकन गरियो । यस चलचित्रबाट पछिल्लो समयका सर्वाधिक चर्चित गायक प्रकाश सपूतले नायकको रुपमा डेब्यु गर्दैछन् । चलचित्रमा उनीसँगै दिलीप रायमाझी, केकी अधिकारी, बर्षा सिवाकोटी, प्रशान्त तामाङ, निर शाह, सुशिल पोखरेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यसअघि ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका निर्देशक रायमाझी ‘परदेशी २’ ले उठान गरेको विषयवस्तुले दर्शकको मन जित्नेमा विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्