‘माया गर्ने परिवार पाएकाले म निकै खुसी छु’ : स्वेता खड्का



गत मंसिर २२ गते बिहे गरेकी अभिनेत्री स्वेता खड्काले केहीदिन अघिमात्र राजधानीमा भव्य रिसेप्सन पार्टी दिइन् । उनको रिसेप्सन पार्टीमा कलाकारको बाक्लो उपस्थिति रहेको थियो । पार्टीमा स्वेता र उनका श्रीमान विजयेन्द्र रावत निकै नै खुसी देखिन्थे ।

स्वेता पार्टीमा खुसी हुनुका साथै केही भावुक पनि भइन् । उनलाई पहिले त आफ्नो दोस्रो बिहेलाई समाजले नर्गला भन्ने डर थियो । तर सबैले यति धेरै माया र साथ दिएको देखेर स्वेता दगं छिन् । त्यसका साथै उनले निकै नै माया गर्ने परिवार पाएकी छिन् । स्वेता स्वयमले विजयेन्द्रको परिवारले आफूलाई असाध्यै माया गर्ने र आफ्नो कुरा बुझ्ने गरेको बताएकी छिन् ।

उनको दाम्पत्य जीवन सुखसँग बितिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्