तातोपानी नाका २० दिनको लागि बन्द



उत्तरको मुख्य तातोपानी नाका भएर हुदैँ आएको व्यापारिक कारोबार आगामी २० दिनको लागि बन्द गरिएको छ । नेपाल चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहिबारदेखि कारोबार रोकिएको हो । ।

चीनले बिहिबारबाटै मितेरी पुलको मर्मत थालेको छ । चीनले पुल मर्मत गर्न बढीमा २० दिन लाग्ने र यो अवधिभर आयात बन्द गर्ने निर्णय भएको जानकारी दिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । चीनबाट आयातै नभएपछि मर्मत अवधिभर व्यापारिक कारोबार पनि नहुने उनले जानकारी दिए ।

पुल निर्माण भएको डेढ वर्षमा नै चीनले मर्मत थालेको हो । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले मितेरी पुल क्षतिग्रस्त बनाएपछि चीनले सोही ठाउँमा नयाँ बनाएको थियो ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्