‘कबिर सिंह’ की कियाराका फ्यानलाई मन परेन उनको यो गेटअप, भने : ‘पेटिकोट लगाएर किन हिडेको’ ?



कियारा अडवाणी बलिउडकी सफल नायिका हुन् । उनले कम चलचित्र गरेकी छिन् । तर काम गरेका सबै चलचित्रबाट दर्शकको तारिफ नै पाइन् । उनै कियारा बेला बेलामा पहिरनका कारण ट्रोल हुने गरेकी छिन् । अहिले पनि सामाजिक सञ्जालमा उनी मजाकको पात्र बनिरहेकी छिन् ।

कियाराले हालै आफ्नो २७ औँ जन्मदिन मनाइन् । कियाराले फेशन लेबल जाराको सेतो ट्रन्डी को–ओर्ड सेट छानेकी थिइन् जसलाई उनले ह्वाइट च्यानलसँग स्टाइल गरेकी थिइन् । यद्यपि ड्रेससँग कियाराको मेकअप राम्रो थियो । तर उक्त लुगा कियारालाई पटक्कै सुहाएको भने थिएन । कियाराले सेतो कलरको ब्रालेट र स्कर्ट लगाएकी थिइन् ।

उक्त तस्बिर सामाजिक सञ्जालमा सेयर गरेपछि कियाराको धेरैले मजाक उडाए । कियाराको स्कर्ट निकै पातलो भएकाले दर्शकले पेटिकोट मात्र किन लगाएको भनेर कमेन्ट गरिरहेका छन् । कियाराले भने यसबारे कुनैपनि प्रतिक्रिया दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्