यी बलिउड अभिनेत्री, जो सुटिङमै भएका छन् बेहोस…



बलिउड कलाकारहरु जब आफ्नो कामको कुरा आउँछ तब निकै नै मेहेनत गर्छन् । काम भनेपछि खानपिन देखि आफ्नो स्वास्थ्यको समेत ख्याल गर्दैनन् । छोरी मान्छे त झन् छोराको तुलनामा त्यसैपनि शारिरीक हिसाबले कमजोर हुन्छन् । आज हामी तिनै बलिउड अभिनेत्रीबारे चर्चा गर्नेछौँ । जो चलचित्रको छायांकनको क्रममा बेहोस नै भएका छन् ।

प्रियंका चोपडा
प्रियंका चोपडा चलचित्र बाजीराव मस्तानी को छायांकनको क्रममा बेहोस भएकी थिइन् । उनले एउटै सिनको लागि धेरै टेक खाइरहेकी थिइन् । जसका कारण तनाव धेरै भएर उनी बेहोस नै भइन् । यो कुराको खुलासा बाजीराव मस्तानी का एक टिम सदस्यले नै गरेका थिए ।

दिपिका पादुकोण
दिपिका सन् २०१४ मा प्रदर्शनमा आएको चलचित्र ह्याप्पी न्यु इयर को छायांकनको क्रममा बेहोस भएकी हुन् । उक्त चलचित्रको एक गीतको छायांकनको क्रममा उनी लगातार १६ घण्टासम्म नाचेकी थिइन् । धेरै नाचेर उनी यति थकित भइन् कि उनी बेहोसी अवस्थामा पुगिन् ।

कटरिना कैफ
कटरिना कैफ चलचित्र तिस मार खान को छायांकनको क्रममा बेहोस भएकी हुन् । चलचित्रको सिलाकी जवानी बोलको गीतको सुटिङको क्रममा सेटमा तापक्रम बढी भएपछि सहनै नसकेर उनी बेहोस भएकी थिइन् ।

ज्याकलिन फर्नान्डेज
ज्याकलिन पनि एक चलचित्रको छायांकनको क्रममा बेहोस भइन् । चलचित्रको लागि ज्याकलिनले एक्सन सिन दिइरहेकी थिइन् । सोही बेला उनको स्वास्थ्य बिग्रियो र उनी बेहोस हुन पुगिन् ।

आलिया भट्ट
आलिया भट्ट चलचित्र गंगुवाई काठियावान्डी को छायांकनको सेटमा बेहोस भइन् । त्यसबाहेक उनी स्टुडेन्ट अफ दि इयर र शानदार को सेटमा पनि बेहोस भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्