हल सञ्चालकलाई सलमानले गरे यति ठूलो सहयोग, फ्यानले गरे मुक्तकण्ठले प्रशंसा…



कोरोनाको महामारीको कारण सिने क्षेत्रलाई निकै नै हानी पुर्यायो । अझ बलिउड इन्डष्ट्रि निकै ठूलो छ । त्यसका कारण लामो समयसम्म हल बन्द रहदाँ बलिउडका हल सञ्चालकलाई त ठूलै धक्का लागेको छ । अहिले हल खुलिसके तरपनि दर्शकले हलमा गएर मज्जाले चलचित्र हेर्ने आँट गर्न सकेका छैनन् ।

जसका कारण धेरै चलचित्र डिजिटल प्ल्याटफर्ममा नै रिलिज भैरहेका छन् । हुन त डिजिटल प्ल्याटफर्ममा पनि दर्शकले चलचित्र हेरिरहेका छन् तर हलमा पपकन खाएर चलचित्र हेर्नुको मज्जा नै छुट्टै नै हुन्छ नि । यस्तोमा सलमानको बहुप्रतिक्षित चलचित्र राधे पनि डिजिटल प्ल्याटफर्ममा नै रिलिज हुने होकि भनेर उनका फ्यानहरुले पिर मानिरहेका थिए ।

हल सञ्चालकहरुले पनि सलमानलाई चलचित्र हलमा नै चलाउन आग्रह गरिरहेका थिए । यो समयमा कुनै निर्देशक निर्माताले हलमा चलचित्र चलाउन खोजेका छैनन् । हुन पनि आफूलाई घाटा लाग्ने काम कसले पो गर्न चाहन्छ र । तर सलमान राधे हलमा नै रिलिज गर्नको लागि तयार भएका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यो कुराको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘हल संचालकहरुलाई जवाफ दिन केही समय लागेकोमा म क्षमा चाहन्छु । यो समयमा हामीले एउटा ठूलो फैसला गरेका छौ । आर्थिक समस्याबाट जुधिरहेका प्रदर्शक तथा वितरकको समस्या मैले वुझेको छु । राधे हेर्न आउने दर्शकहरुका लागि प्रदर्शकले सावधानी अपनाउनेछन् भन्ने अपेक्षा गरेको छु । मेरो प्रतिवद्धता इदको हो र यो इद सन् २०२१ को हो । यो बर्ष चलचित्र भवनमा राधेको आनन्द लिनुहोस् ।’

सलमानको यो स्टाटसपछि फ्यान निकै नै खुसी भएका छन् । धेरैले राधे हलमा हेर्नको लागि निकै आतुर रहेको बताइरहेका छन् । अब राधे ले दर्शकको कत्तिको साथ पाउने हो त्यो हेर्न भने इदसम्म पर्खनैपर्छ । राधे लाई प्रभु देवाले निर्देशन गरेको चलचित्रमा सलमानसँगै दिशा पटानीको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्