भर्खर छायांकनमा गएको शाहरुखको चलचित्र पठान को सुटिङ सेटमा पर्यो ठूलो झगडा, सुटिङ नै रोकियो



शाहरुख खान चलचित्रमा नदेखिएको करिब ३ बर्ष भैसकेको छ । पछिल्लो समयमा उनी अभिनीत चलचित्र जिरो प्रदर्शनमा आएको थियो । उनले करिब ३ बर्षपछि नयाँ चलचित्र साइन गरेका छन् । शाहरुखले केहीसमय अघिमात्र पठान नामक चलचित्र साइन गरेका छन् । चलचित्रमा शाहरुखसँगै दिपिका पादुकोण र जोन अब्राहमको पनि मुख्य भूमिका रहने बताइएको छ ।

तर पठान टिमभित्र नै झगडा भएको छ । केहीदिन अघिमात्र सेटमा निर्देशक सिद्धार्थ र उनका सहायकबिच झगडा भएको भारतीय मिडियाले जनाएको छ ।

प्राप्त जानकारी अनुसार निर्देशकले एक सहायकलाई फोनसँगै नराख्न भनेका थिए । तर उनले मानेनन् । जब सिद्धार्थले सहायकलाई हप्काए, तब दुई पक्षबिच विवाद सुरु भयो । झगडा यतिसम्म बढ्यो कि सिद्धार्थले आफ्नै सहायकमाथि हात नै उठाए । त्यसपछि सिद्धार्थका सहायक पनि उनीमाथि जगिंए र चलचित्रको सुटिङ नै रोक्नुपर्यो ।

प्रतिक्रिया दिनुहोस्