आज सुशान्तको जन्मदिनमा कगंनाले यस्तो ट्वीट गरेपछि फ्यानले गरे यतिसम्म गाली…



आज स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको जन्मदिन रहेको छ । उनलाई आज उनका फ्यान र शुभचिन्तकले निकै नै मिस गरिरहेका छन् । सबैले सुशान्तको सम्झनामा भावुक पोष्टहरु सेयर गरिरहेका छन् । यसैबिच नायिका कगंना रनावतले पनि ट्वीटरमा ट्वीट गर्दै सुशान्तलाई सम्झिएकी छिन् ।

उनले ट्वीटरमा महेश भट्ट, करण जौहर लगायतका केही सेलिब्रेटीलाई पनि मुछेकी छिन् । कगंनाले सुशान्तको मृत्यु पछि नै बलिउडमा चलेको नेपोटिज्मको खुलेर विरोध गरेकी थिइन् । साथै उनले धेरै बलिउड सेलिब्रेटीलाई सुशान्तको मृत्युको दोषी मानेकी थिइन् । उनले ट्वीटरमा लेखेकी छिन्, ‘प्रिय सुशान्त, मुभी माफियाले तिमीलाई प्रतिबन्ध गरे, तनाव दिए, सोसल मिडियामा तिमीले थुप्रै पटक मद्दत माग्यौ र मलाई पछुतो छ कि मैले तिमीलाई साथ दिन सकिनँ । काश मैले यो नसोचेको भए कि तिमी आफैंमा माफियाको टर्चर झेल्ने शक्ति छ । काश…ह्याप्पी बर्थडे ।’

कगंनाको यस्तो ट्वीटले उनका धेरै फ्यानलाई दुखी बनाएको छ । यतिबेला सामाजिक सञ्जालमा कगंनालाई गालीको बर्षा नै भैरहेको छ । उनलाई फ्यानले सुशान्तको नाम प्रयोग गरेर आफू चर्चामा आउन खोजेको बताइरहेका छन् । यद्यपि कगंनाले यसबारे कुनैपनि प्रतिक्रिया भने दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्