यी बलिउड अभिनेता, जसले चलचित्रमा आजसम्म दिएका छैनन् किसिङ सिन…



आजभोली चलचित्रमा किसिङ सिन नर्मल मान्न थालिएको छ । झन बलिउड चलचित्रमा त किस सिन कमन जस्तै भएको छ । आजभोली कलाकारले पनि यसलाई सामान्य नै लिने गर्छन् । तर बलिउडमा यस्ता पनि अभिनेता छन्, जसले आजसम्म किसिङ सिन दिएका छैनन् । आज हामी त्यसैबारे चर्चा गर्नेछौँ ।

सलमान खान– चलचित्रमा आजसम्म किस सिन नदिने अभिनेताको सूचीमा सलमान पहिलो नम्बरमा नै आउँछन् । किनकी उनले आजसम्म किस सिन दिएका छैनन् । सलमानले चलचित्र साइन गर्नु अघि नै सर्त राख्ने गर्छन् । किस सिन दिन नचाहेकाले उनले धेरै फिल्म छोडेका पनि छन् । सलमान धेरै पारिवारिक चलचित्र गर्न रुचाउँछन् । उनी किसिङ सिनहरु परिवारसँग बसेर हेर्न असहज हुने भएकाले पनि आफूले कहिल्यै फिल्ममा किस सिन नदिने बताएका छन् ।

अजय देवगण– चलचित्रमा अहिलेसम्म किस सिन नदिएका अभिनेता अजय देवगण पनि हुन् । उनीपनि किस सिन नहोस् भन्ने चाहन्छन् । हुन त अक्षयले धेरै एक्सन चलचित्र गर्न रुचाउँछन् । उनले खेलेका चलचित्रमा रोमान्स हुदैँन भन्ने होइन, रोमान्स हुन्छ तर ठिक्क मात्र हुन्छ ।

रितेश देशमुख– दर्शकले रितेशको कमेडी चलचित्रलाई धेरै रुचाउने गरेका छन् । रितेशले पनि थुप्रै लबस्टोरी चलचित्र गरिसकेका छन् । तर उनले कहिल्यै किस सिन दिएका छैनन् । रितेश किस प्राइभेट कुरा भएकाले यसलाई मनोरञ्जनको लागि राख्नु आफूलाई उचित नलाग्ने बताउँछन् । उनले आगामी दिनमा पनि किस सिन आफूले नदिने बताएका छन् । यस्तै फवाद खान, अली जफर लगायतका कलाकारले किस दिन असहज मान्छन् ।

प्रतिक्रिया दिनुहोस्