माल्दिभ्सको समुन्द्री किनारमा बोल्ड अवतारमा देखिइन् सारा



साराअली खान बलिउडकी सफल अभिनेत्री हुन् । छोटो समयमा नै उनले लोभलाग्दो सफलता हासिल गरिन् । अहिले सारालाई ठूला ब्यानरका चलचित्रबाट अफर आउन थालेको छ । पछिल्लो समयमा सारा अभिनीत कुल्ली नं.१ रिलिज भएको थियो । अहिले भने सारा माल्दिभ्समा होलिडे मनाइरहेकी छिन् ।

साराले सामाजिक सञ्जालमा माल्दिभ्समा रमाइरहेको तस्बिर सेयर गरेकी छिन् । जसलाई दर्शकले निकै नै रुचाएका छन् । तस्बिरमा सारा माल्दिभ्सको समुन्द्री किनारमा निकै बोल्ड देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्