यी नायिकाले चर्चित निर्देशक साजिद खानको बारेमा गरिन् सबैलाई चकित बनाउने खुलासा, भनिन् : ‘साजिद खानले आफ्नो गोप्य अङ्ग निकाले र’…



केहीसमय अघि बीबीसीको एक डकुमेन्ट्री डेथ इन बलिउड रिलिज भएको छ । यो डकुमेन्ट्रीमा स्वर्गीय नायिका जिया खानको आत्महत्यासँग जोडिएका थुप्रै रहस्यहरु सार्वजनिक भएका छन् । त्यसका साथै बलिउडका अरु केही सत्य घटनाहरु पनि बाहिर आएका छन् । यसैबिच नायिका शर्लिन चोपडाले बलिउड निर्देशक साजिद खानबारे सबैलाई चकित पार्ने खुलासा गरेकी छिन् ।

शर्लिनले साजिदले आफूसँग दुव्र्यवहार गर्न खोजेको बताएकी छिन् । शर्लिनले ट्वीटरमा लेखेकी छिन्, जब म आफ्ना पिताको निधन भएको केही दिनपछि अप्रिल २००५ मा उनलाई भेट्न गएँ तब उनले मलाई केटाहरुको यौनाङ्ग कस्तो हुन्छ थाहा छ भनेर सोधेका थिए तर मैले उनलाई भेट्नुको उद्देश्य उनको यौनाङ्समात्नु नभएको बताएकी थिएँ ।

यस्तै स्वर्गीय नायिका जियाकी बहिनीले पनि साजिदमाथि गम्भिर आरोप लगाएकी छिन् । जियाकी बहिनीले एक डकुमेन्ट्रीको रिहर्सलको क्रममा साजिदले जियालाई टप र ब्रा फुकाल्न भनेको बताइन् । त्यसबेला जिया घरमा आएर निकै नै रोएको उनकी बहिनीले बताइन् । उनले त्यतिबेला साजिदको साइन गरेको फिल्म छोड्न लागेकी थिइन् तर फिल्म छोडे साजिदले उनको बदनाम गरिदिने र मुद्धा पनि हालिदिने बताएपछि जियाले उक्त फिल्म गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्