नाचिदेउ बसन्तीको कभर बनाउनेले १ लाख पाउने, समयसीमा जनवरी २८ सम्म



काठमाडौं । गायक दिल तामाङको म्युजिक भिडियो ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाउने समयसीमा जनवरी २८ सम्म तोकिएको छ ।

प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाइसक्नु पर्ने समयसीमा तोकेको हो । यसअघि नै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान गरिने जनाएको छ ।

यस्तै गीतको भिडियोले सार्वजनिक भएको २ हप्तामै १० लाख अर्थात १ मिलियन भ्युज पार गरेको छ । भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय रहेको भिडियोलाई स्टार क्याडेको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको थियो । गीतमा स्वर, डि पी खनालको शब्द र शंकर थापा स्माइलको संगीतमा रहेको छ । गीतको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्