टिचिङमा कोराना संक्रमितको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट



काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियूमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ ।

मंगलबार बिहान एक जना ६१ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएपछि उनको आफन्तले आक्रोशित हुँदै डाक्टरमाथि नै कुटपिट गरेको आइसियूमा खटिएका एक चिकित्सकले जानकारी दिए ।

अस्पतालले बिरामीको कोरानाको कारण मृत्यु भएको जनाए पनि आफन्तले त्यो कुरा नस्वीकारेको र ड्युटीमा खटिएको चिकित्सकलाई नै हातपात गरेको ती चिकित्सकले बताए ।

बिहानको घटनापछि भने महाराजगञ्ज प्रहरी कार्यालयले चिकित्सकमाथि कुटपिट गर्नेलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्