‘धरान शहर’को कभर भर्सन शिब लामिछानेको स्वरमा



धरान । गएको महिनामात्र रिलिज गरिएको गायक ज्ञान सुब्बाको ‘धरान शहर ‘बोलको गीतको कभर भर्सन भर्सटायल गायक शिब लामिछाने ‘शिबाज’ले आफ्नो स्वरमा रेकर्ड गरेर कभर भिडियो समेत तयार गरेर रिलिज गरेका छन् ।

आफ्नो ठाउँको बारेमा उत्कृस्ट शब्द, संगीत र स्वरको तालमेल रहेको गीत ‘ धरान शहर’ सुनेपछि एकपल्ट आफुलाई पनि गाउने रहर जागेर यस गीतका गायक ज्ञान सुब्बासँग अनुमिति लिएर कभर भर्सनमा रेकर्ड गरेर गायक शिब लामिछानेले भिडियो समेत निर्माण गरेका छन् ।

धरान पहिले देखि नै थुप्रै सांगीतिक प्रतिभाहरुले जन्म लिएको ठाउँ हो र त्यस्तै प्रतिभामा ज्ञान सुब्बा पनि पर्नुहुन्छ र वहाँको स्वरको पहिले देखि नै असल श्रोता र फ्यान हुँ र त्यहि माथि वहाँले हाम्रै धरानबारे यस्तो राम्रो गीत गाउनु भएपछि मलाई गाउन एकदमै मन लागेर अनुमति लिएर गाएको गायक शिब लामिछाने बताउँछन् । एक किसिमले यो वहाँप्रतिको मेरो श्रद्धापुर्वक सानो उपहार हो ।

यस गीतका गायक ज्ञान सुब्बा पनि गायक शिब लामिछानेको स्वर र प्रतिभाको तारिफ गर्दै भन्छन्- शिब भाई एकदमै प्रतिभाशाली छन्, उनले म भन्दा राम्रो गाएको छ र उनि जस्तो गायकले मेरो गीत मन पराएर कभर गरिदिएकोमा एकदमै खुशी छु ।

ज्ञान सुब्बाको स्वर रहेको’धरान शहर’मा जीवन भट्टराईको संगीत र हर्क चुम्मेको शब्द रहेको छ ।

प्रतिक्रिया दिनुहोस्