दोस्रो पटक चलचित्रमा एकसाथ देखिदैँ निश्चल र स्वस्तिमा



निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीलाई दर्शकले औधी रुचाउने गरेका छन् । यी दुई एकसाथ चलचित्रमा हेर्ने चाहना धेरै दर्शकको रहेको छ । केही म्यूजिक भिडियोमा एकसाथ काम गरिसकेका निश्चल र स्वस्तिमाले गतबर्ष प्रदर्शनमा आएको चलचित्र घामड शेरे मा पहिलो पटक स्क्रिन सेयर गरे । तर विडम्बना घामड शेरे ले असफता पाउनु पर्यो भने निश्चल र स्वस्तिमाको केमेष्ट्रिलाई पनि दर्शकले राम्रोसँग नियाल्न पाएनन् ।

यो जोडी अब फेरि एकपटक चलचित्रमा देखिने भएको छ । निर्माता माधव वाग्लेले हालैमात्र विकास बोर्डमा हिमानी नामक नयाँ चलचित्र दर्ता गरे । जहाँ कलाकारको नाममा निश्चल, स्वस्तिमा र अर्पण थापा लेखिएको थियो । यसरी हेर्दा निश्चल र स्वस्तिमा फेरि पर्दामा एकसाथ देखिदैँछन् । तर यसबारे निश्चल र स्वस्तिमाले भने कुनैपनि आधिकारीक जानकारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्