
भारतीय चर्चित गायिका नेहा कक्कर सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । यसैबिच उनले सामाजिक सञ्जालमा एक रमाइलो भिडियो हालै पोष्ट गरेकी छिन् । भिडियोमा उनी श्रीमान रोहन प्रितलाई धम्की दिइरहेकी छिन् । उनले भिडियोमा एक्स लाई फोन गरेको थाहा पाए आफूभन्दा खराब कोही नहुने धम्की दिएकी हुन् ।
नेहा र रोहनको यो रमाइलो भिडियोलाई फ्यानले निकै रुचाएका छन् । यसैबिच रोहनको यो गीतको प्रचार समेत भएको छ । भिडियोलाई लिएर फ्यानले रमाइला कमेन्ट गरिरहेका छन् ।
रोहन र नेहाले करिब २ महिना अघि बिहे गरेका थिए । आजभोली यी दुईको जोडी सामाजिक सञ्जालमा निकै ट्रेण्ड हुन थालेको छ । केहीसमय अघि रिलिज भएको रोहन र नेहाको ख्याल रख्या कर गीतलाई पनि दर्शकले निकै रुचाएका थिए ।





