फिल्मको छायांकनमा जानु अघि उपासनाले काटिन् केक



उपासना सिंह ठकुरी पछिल्लो समयमा धेरै दर्शकको नजरमा पर्न सफल भएकी छिन् । चलचित्र क्याप्टेन बाट नेपाली चलचित्र क्षेत्रमा पाइला चालेकी उपासनाले पहिलो चलचित्रबाट नै निकै सफलता पाइन् । उनले त्यसपछि कबड्डी कबड्डी कबड्डी मा काम गरिन् । त्यहाँ पनि उनको कामको निकै नै प्रशंसा भयो । यतिबेला भने उनी चलचित्र डिसेम्बर फल्स को छायांकनको तयारीमा छिन् ।

उपासना यो चलचित्रको लागि निकै नै उत्साहित छिन् । अझ रमाइलो कुरा त के छ भने उपासनाले चलचित्रको छायांकनमा फर्किनु अघि केक नै काटेकी छिन् । उनलाई उनकी बहिनीले बेष्ट अफ लक लेखेको केक सरप्राइज दिएकी हुन् । बहिनीले केक सरप्राइज दिएपछि उपासनाले भनिन्, बहिनीले मलाई नयाँ चलचित्रको लागि शुभकामना दिन केक उपहार दिएकी थिइन् । उक्त केक काटेर म चलचित्रको छायांकनको लागि पोखरा आएकी छु ।

चलचित्रमा उनको जोडीको रुपमा अभिनेता आर्यन सिग्देल देखिदैँछन् ।

प्रतिक्रिया दिनुहोस्