रियाको बचाउमा उत्रिइन् आलिया भट्टकी आमा, भन्छिन् : ‘उनी निर्दोष छिन् र षड्यन्त्रको शिकार हुन्’



बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा नाम जोडिएपछि नायिका रिया चक्रवर्ती निकै विवादमा तानिइन् । सुशान्तकी पूर्व प्रेमिका समेत रहेकी रियाले उनलाई लागू औषधी दिने गरेको पुष्टि भएपछि प्रहरीले पक्राउ समेत गरेको थियो । उनली जेलबाट रिहा त भइन् तर फ्यानले भने उनलाई अहिलेपनि नराम्रोसँग गाली गर्ने गरेका छन् ।

फ्यानबाट गालीको बर्षा आएपनि रियाको समर्थनमा थुप्रै बलिउड सेलिब्रेटीहरु आएका थिए । यसैबिच पुनः एकपटक आलिया भट्टकी आमा सोनी राजदान पनि रियाको समर्थनमा उत्रिएकी छिन् ।

सामाजिक सञ्जालमा एक प्रयोगकर्ताको प्रश्नको जवाफ दिदैँ सोनीले लेखिन्, उनी जेल जाँदा ती मानिसहरुलाई उजागर गरिदिए जसलाई उनले त्यहाँ पठाएका थिए । यसबाट के स्पष्ट हुन्छ भने उनी निर्दोष थिइन् र षड्यन्त्रको शिकार भएकी थिइन् । आखिर हामी किन उनीसँग काम गर्दैनाँै ? मलाई लाग्छ उनले राम्रो काम गर्नेछिन् । खैर, म त यहि आशा गर्छु ।

प्रतिक्रिया दिनुहोस्