कालो लेहेङ्गामा खुलेको एलिजाको सुन्दरता…



एलिजा गौतम पछिल्लो समयकी चलेकी मोडल हुन् । उनले आफ्नो करियरको सुरुवात चलचित्रबाट गरेकी थिइन् । तर उनलाई पहिलो गाँसमा नै ढुङ्गा लाग्यो । एलिजाको पहिलो चलचित्र अनुराग लाई दर्शकले त्यति रुचाएनन् । तर लकडाउनका कारण म्यूजिक भिडियोमा भने उनलाई धेरै नै अफर आयो र फाप्यो पनि ।

जसका कारण अहिले उनको डिमाण्ड बजारमा बढ्दो छ । एलिजा केहीदिन अघि नायिका स्वेता खड्काको विवाहको रिसेप्सन पार्टीमा पुगेकी थिइन् । पार्टीमा उनी कालो कलरको लेहेङ्गामा पुगेकी थिइन् । लेहेङ्गामा उनी निकै नै सुन्दर देखिएकी थिइन् । पार्टीमा उपस्थित धेरैले एलिजाको सुन्दरताको प्रशंसा समेत गरेका थिए ।

एलिजाले सामाजिक सञ्जालमा उक्त तस्बिरहरु सेयर गरेकी थिइन् । जसलाई फ्यानले रुचाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्