विवादमा तानिए सैफ र करिना, सुरक्षाका लागि घर अगाडि राखे प्रहरी



वेव सिरिज ताण्डव विवादमा तानिएको छ । यो सिरिज विवादमा परेसँगै यसका कलाकारहरु पनि आलोचित बन्न पुगेका छन् । यतिसम्मकी यस सिरिजका कलाकार नायक सैफअली खान र नायिका करिना कपुरको घर अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा रुपमा गरेको छ ।

यो सिरिजमा सैफले महत्वपूर्ण भूमिका निभाएका छन् । जसका कारण उनको घर अगाडि प्रर्शनकारीले प्रदर्शन गर्ने सम्भावना बढेपछि उनको घर आगाडि प्रहरी खटाइएको हो । हाल सैफ मुम्बईबाट बाहिर छन् तर करिना भने घरमा नै छिन् ।

केहह्ी समयअिघ यस सिरिजमा हिन्दु देवी–देवताको अपमान गरेको गर्दै मेकर्सहरु विरुघ उजुरी दर्ता गएको थियो । सिरिजका सम्पूर्ण टिमप्रति कारवाहीको माग समेत उठेको थियो । यद्यपि यसबारे सिरिजका कुनैपनि सदस्यले केहीपनि बताएका भने छैनन् ।

प्रतिक्रिया दिनुहोस्