
कगंना रनावत बलिउडकी निकै सफल र चर्चित नायिका हुन् । उनी सामाजिक सञ्जालमा निर्धक्क भएर आफ्नो भनाइहरु राख्ने गर्छिन् । जसका कारण अहिले तारिफ त कहिले आलोचित समेत हुने गरेकी छिन् । यसैबिच कगंनाले हालैमात्र एक ट्वीट गरेकी छिन् ।
जहाँ उनले रात्रिकालीन समयमा काम गर्न आफूलाई डर लाग्ने बताइन् । अहिले त उनी बानी परिसकेकी छिन् । तर फिल्म क्षेत्रमा आएको सुरुवाती दिनमा भने उनलाई रात्रिकालीन समयमा काम गर्न निकै डर हुन्थ्यो । हुन पनि यो क्षेत्रमा छोरी मान्छेलाई काम गर्न त्यसै गाह्रो छ । झन् रातिको सममया, सबै मानिस सही हुन्छन् भन्ने पनि हुदैँन । कगंनाको ट्वीटलाई धेरैले समर्थन गरिरहेका छन् ।





