सडक निर्माण कार्यमा राज्यकोष ढुकुटी दुरुपयोग



राकेश कुमार शर्मा, जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर -०२ को कांग्रेस चोक र नयाँ मनकामना रोडमा ठेकेदार हरिवंशको ठेक्का परेको छ । तर सडक निर्माण कार्यमा राज्यकोष ढुकुटी दुरुपयोग भएको छ, भनाइको तात्पर्य सडक निर्माणमा मापदण्ड अनुसारको सामग्री प्रयोग भएको छैन । अनुगमन गर्ने निकाय र कार्यालय बाट पनि अनुगमन भएको छैन ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुखलाई मैले दुई पटक फोन गरे सडक निर्माणमा चरम लापरबाही हुँदा पनि आयोजनाका कार्यालय प्रमुख चुप किन ?

पत्रकार मित्र ज्यु, सडक निर्माण गरेको ठाउँमा आएर हेर्नुहोस अनुगमन गर्नुहोस निरीक्षण गर्नुहोस म देखाउँछु कहाँ कहाँ के के भएको छ । गुणस्तर सामग्रीको प्रयोग भएको छैन र ढल भित्र विधुतिय पोल छ यही हो सघन शहरी तथा भवन निर्माण आयोजनाको विकास ? ढल भित्र विधुतिय पोल छ सडक निर्माणमा आदि आदि जस्ता त्रुटि देखिएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको प्रमुखलाई स्टीमेटमा खानेपानीको पाइपको कति इंचको छ भनेर सोध्दा इन्जिनियरलाई सोध्न भन्नु हुन्छ । प्रमुखलाई स्टीमेटमा खानेपानीको पाइप कति इन्चको हुन्छ थाहा हुँदैन र ?

प्रतिक्रिया दिनुहोस्