शिव श्रेष्ठको झटारो वर्षा राउतलाई ? भन्छन् ‘डबिङमा समय नदिने कलाकार नै हैन’



ईटहरी । पछिल्लो समय नेपाललगायत विश्वका धेरै देशहरुमा कोरोना महामारीको प्रभाव निकै पर्न गयो । देशका धेरै व्यापार व्यवसाय देखि लिएर फिल्म क्षेत्रमा पनि नकारात्मक असर पर्यो । कुनै पनि फिल्म हलमा प्रदर्शन हुन सकेनन् । तर पनि नयाँ–नयाँ म्युजिक भिडियोले भने बजारमा राम्रै भाउ कमाउन सफल भयो । बिस्तारै देशमा लकडाउन खुले संगै विभिन्न हलहरुकमा नयाँ फिल्म लगाउनुपर्छ भन्ने फिल्मकर्मीहरको आवाज उठ्यो ।

तर हलमा दर्शकहरु आउने नआउने भन्ने अन्योलतासमेत भयो, तर माघ १ गते बाट नेपाली फिल्म एउटा यस्तो प्रेम कहानी दशका बिभिन्न हलहरुमा प्रदर्शन गििरयो । चलचित्रका अभिनेता तथा फिल्म निमाएता शिव श्रेष्ठले अब उधोग पनि चलायमान हुनुपर्छ सरकार समक्ष पहल गरेपछि हल संचालनमा सरकारले अनुमति दिएको हो । फिल्म प्रदर्शन हुँदै गर्दा पुर्व पनि आए । बजारमा चलेका केही हल्ला र फिल्मका बारेमा हामिले कुरा गरेका छौ ।

कुराकानीका दौरानमा उनले डबिङमा समय नदिने कलाकार, कलाकार नै हैनन भन्न समेत भ्याए । हुन पनि हो । यो कुरा सिधै वर्षा राउत तिर पनि जान्छ । किनकी, फिल्ममा वर्षाको अभिनय छ तर उनको आवाज छैन । उनको आवाजको ठाउँमा अरु कसैको आवाज डबिङ गरिएको छ । जस्ले गर्दा उनेक अभिनय पनि फितलो त भईनै हाल्यो यता फिल्मको गुणस्तर पनि घट्यो । केही कलाकारलाई पारिश्रमिक नदिएको समेत हल्ला छ । वर्षा यसैको चपेटामा परेको पनि हुन सक्छ ।

उनको मात्र हैन फिल्ममा अन्य केही कलाकारहरुको पनि रियल आवाजलाई महसुस गर्न सकिँदैन । केही मिडियामा फिल्म छायांकन सम्पन्न नै नभै प्रदर्शनमा आएका भन्ने कुराहरु आएपछि हामिले त्यो प्रश्न पनि श्रेष्ठलाई गर्दा सो कुरा सिधै अस्वीकार गरे । उनले मिडिया गलत हैन सो कुरा भन्ने मान्छे गलत हो भने । फिल्महलहरुमा दर्शक संगै बसेर पुर्वको ईटहरी र धरान आएका उनी केही हलहरुमा संगै बसे तर, न्यून दर्शक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश-१ को पहलमा च्यारिटी शोको शैली अपनाईएको थियो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्